NOBA: नेपालका अनलाइन व्यवसायहरूको हित र संरक्षणका लागि समर्पित संघ!
नेपाल अनलाइन व्यापार संघ (NOBA) नेपालभरका ई-कमर्स व्यवसायीहरूलाई एकत्रित गर्दै उनीहरूको हकहित संरक्षण गर्ने प्रमुख संस्था हो।
हाम्रो उद्देश्य ई-कमर्स उद्यमीहरूलाई कानुनी, प्राविधिक, र व्यावसायिक सहायता प्रदान गर्दै डिजिटल व्यापारलाई प्रवर्द्धन गर्ने हो। NOBA ई-कमर्स क्षेत्रको विकास, व्यवसायीहरूको सशक्तिकरण, उपभोक्ताको विश्वास निर्माण, र नेपालमा सुरक्षित तथा प्रभावकारी अनलाइन व्यापारको स्थापना गर्न प्रतिबद्ध छ।